विराटनगरका संक्रमितको सम्पर्कमा रहेका सबैको रिपोर्ट नेगेटिभ

विराटनगर । कोरोना संक्रमित बनेका विराटनगरका २ जनाको सम्पर्कमा रहेका परिवार र अन्य सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

विराटनगर १५ का सफाइ कर्मचारी र विराटनगर ६ की भारताट आएकी महिलामा कोरोना देखिएपछि उनीको कन्ट्रयाक ट्रेसिङका आधारमा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको महानगरका प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो ।

सफाई कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि महानगरले सबै सफाइ कर्मचारीको नमूना संकलन गरेको थियो । सफाइ कर्मचारीसहित विराटनगर १५ र ६ नम्बर वडाका शंकास्पद १२० जना स्वाब संकलन गरी पीसीआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

आइतबार विराटनगरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितको कोभिड १९ अस्पतालमा उपचार भइहरेको छ । संक्रमित महिला भारतबाट आएकोले उतैबाट संक्रमित भएर आएको अनुमान गरिएपनि सफाई कर्मचारीमा भएको संक्रमणको स्रोत खुलेको छैन ।

शुक्रबार, ०९ जेठ, २०७७, दिउँसोको ०३:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर