धनकुटामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । धनकुटामा थप पाँच जना कोरोना संक्रमित पुष्टि भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा चार पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको हो ।

नयाँ पुष्टि भएका पाँच जनामध्ये तीन जना जिल्ला अस्पतालका स्वास्थ्यकर्मी हुनन् भने एक जना स्वास्थ्यकर्मीका परिवार हुन् । अर्का एक जना अस्पतालका सुरक्षाकर्मी भएको बताइएको छ ।

धनकुटा जिल्ला अस्पतालमा कार्यरत एक महिला स्वास्थ्यकर्मीमा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि उहाँको सम्पर्कमा पुगेका ८३ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । ति मध्ये केही व्यक्तिको परीक्षण नतिजा आउन अझै बाँकी रहेको बताइएको छ ।

योसँगै धनकुटाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । उनीहरुमध्ये १८ जना उपचारपछि निको भएका छन् ।

मङ्गलबार, ०६ जेठ, २०७७, रातीको १०:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर