कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु र श्रीमानसहित परिवारको रिपोर्ट नेगेटिभ

काठमाडौं । कोरोना भाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको १३ दिने शिशुसहित परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ।

धुलिखेल अस्पतालमा गरिएको पिसिआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

सुत्केरी महिलाको मृत्युपछि परीक्षण गर्दा उनमा कोरोना भएको पुष्टि भएको थियो । त्यसपछि शिशुसहित परिवारका चार जना सदस्यलाई आइसोलेसनमा राखेर स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।

मृतकको नवजात शिशुसहित श्रीमान, आमा र बहिनीको रिपोर्ट नेगेटिभ आएको धुलिखेल अस्पतालका प्रवक्ता डा.सुमनराज ताम्राकारले जानकारी दिनुभयो । रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई क्वारेन्टाइनमा पठाइने भएको छ ।

सिन्धुपाल्चोको बाह्रविसे नगरपालिका ९ राम्चे घर भएकी महिलाको गत बिहीबार साँझ धुलिखेल अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो। उनले गत बैशाख २४ गते काठमाडौंको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्।

सोमबार, ०५ जेठ, २०७७, बिहानको ११:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर