संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका ५ का कार्यवाहक अध्यक्ष श्याम निरौलामाथि आक्रमण भएको छ।

शुक्रबार साँझ ८ बजे वडा कार्यालय नजिकै अज्ञात समूहले आक्रमण गर्दा निरौला गम्भीर घाइते भएका नगरप्रमुख मुरारी खतिवडाले जानकारी दिनुभयो ।

अज्ञात व्यक्तिको खुकुरी प्रहारबाट निरौलाको शरीरमा चोट लागेको छ। घटना कसले गरे गराएको भन्नेबारे पत्ता लागिनसकेको नगर प्रमुख खतिवडाले बताउनुभयो ।

निरौलालाई थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याउने तयारी भइरहेको छ। घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। निरौला नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष हुन् ।