विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश १ का सचिव तथा प्रतिनिधि सभा सदस्य सुरेशकुमार राईको पहलमा एक हजार थान पीपीई प्रदेशमा उपलव्ध हुने भएको छ ।

कोरोना संक्रमितको उपचार भइरहेको कोशी अस्पताल विराटनगर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रदेशमा सबैभन्दा बढी संक्रमित देखिएको उदयपुरमा पीपीई र मास्क हस्तान्तरण गर्ने उहाँले जानकारी दिनुभएको छ ।

सांसद राईको पहलमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले पीपीई सेट र मास्क उपलब्ध गराएको हो । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट तथा राज्यमन्त्री मोतिलाल दुगढले उक्त सामग्री सांसद राईलाई उपलव्ध गराउनुभएको हो । उदयपुर जिल्लाका लागि एक हजार थान एन ९५ मास्क पनि प्राप्त भएको उहाँले बताउनुभयो ।