कपिलवस्तुमा नर्समा देखियो कोरोना संक्रमण

काठमाडौं । कपिलवस्तुमा मंगलबार संक्रमण पुष्टि भएका ८ जनामध्ये एक जना जिल्ला अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्स भएको खुलेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले संक्रमित एक जना स्टाफ नर्स भएको पुष्टि गर्नुभएको हो ।

कपिलवस्तु नगरपालिका वडा १ की २५ वर्षीया उनी जिल्ला अस्पतालमा कार्यरत छन् । तौलिहवाकै बासिन्दा उनी घरबाटै अस्पताल आउनेजाने गरेकी थिइन्।

नर्समा संक्रमण देखिएसँगै अस्पतालका अरू कर्मचारीहरूको परीक्षण गर्ने तयारी भएको छ। संक्रमण अस्पतालमै पुगेपछि कपिलवस्तुका पत्रकारहरु पनि सेल्फ क्वारेन्टाइनमा बस्ने तयारी गरेका छन्।

कपिलवस्तुमा हालसम्म संक्रमण देखिएका २९ जनामा २८ जना सबै भारतबाट आएको छन् । स्थानीय एक मात्र नर्स हुन् ।

संक्रमित स्वास्थ्यकर्मीसहित ७ जनालाई मंगलबार नै बुटवलस्थित प्रदेश कोरोना अस्पताल लगिएको छ । उनीहरुसँग सम्पर्कमा अस्पताल सम्पर्कमा आएकाहरुलाई तत्काल क्वारेन्टाइनमा राखिने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।

मङ्गलबार, ३० बैशाख, २०७७, साँझको ०६:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर