लोड हुँदैछ...

मेनु

नेपालमा एकै दिन ५७ जनामा कोरोना, संक्रमितको संख्या १९१ पुग्यो

नेपालमा एकै दिन ५७ जनामा कोरोना, संक्रमितको संख्या १९१ पुग्यो

विराटनगर। मंगलबार नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

सरकारले परीक्षणलाई विस्तार गरेसँगै ठूलो संख्याम संक्रमितहरु फेला परेका हुन् । नेपालमा अ हिलेसम्म ३३ संक्रमित उपचारपछि निको भएका छन् ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

PR Bhattarai
May 12, 2020 3:48 PM

यस्तो योगदान दिने हरू लाई नेपाली सामाज ले चीनी राखौं

प्रतिक्रियाहरू बन्द छन्।