भारत विरुद्धको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

धरान । भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरी सडक निर्माण गरेको विरोधमा सुनसरीको धरानमा युवाहरुले गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

आइतबार सामाजिक सञ्जालमार्फत विरोध प्रदर्शन आह्वान गरेका युवाहरुले सामाजिक दुरी कायम गरेर प्रदर्शन गरेपनि प्रहरीले हस्तक्षेप गरेको थियो ।

धरानको भानु चौक स्थित लोकतान्त्रिक चौतारीमा भारतको हस्तक्षेपकारी कामको विरोधमा शान्तिपूर्ण विरोध गरेका थिए । डेढ घण्टा कार्यक्रम गर्ने भनिएकोमा प्रहरी आएर हस्तक्षेप गरेको सहभागी महेश श्रेष्ठले बताउनुभयो ।

भारतीय हस्तक्षेप बन्द गर, कालापानी लिम्पियाधुरा हाम्रो भूमि हो, कालापानीको भारतीय सेना फिर्ता गरलगाष्त नारा लेखिएको प्लेकार्डसहित प्रदर्शनमा युवाहरु उत्रिएका थिए । प्रहरीले पर्चाहरु सबै खोसेर लगेको छ ।

आइतबार नै धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट निस्किएको विद्यार्थीहरूको समूहले भारतीय विस्तारवाद मुर्दावाद नारा लगाउँदै प्रदर्शन गरेको छ । उनीहरूलाई पनि प्रहरीले भानु चोकमा नाराबाजी गर्न दिएन ।

महेन्द्र बहुमुखि क्याम्पसका स्ववियु सभापति सागर सरगम चेम्जोङले प्रहरीले क्याम्पसमै आएर पर्चा, पम्प्लेट र कालोपट्टी खोसेको बताउनुभयो । भारतीय हस्तक्षेपको विरोधमा सोमबार बिहान सामाजिक दुरी कायम गरेर मौन जुलुस गर्ने तयारी अभियान्ताहरुले गरेका छन् ।

आइतबार, २८ बैशाख, २०७७, साँझको ०७:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर