नेपालको तरकारी बारीमा कुहिँदै, विराटनगर नाकाबाट मात्र १४ करोड बढीको आयात

विराटनगर । नेपालको पहाडी क्षेत्रका किसानले उत्पादन गरेको तरकारी बारीमै कुहिएको बेला लकडाउन भएयता मात्र विराटनगर भन्सारबाट १४ करोड बढिको तरकारी आयात भएको छ ।

प्रदेश १ कै पहाडी क्षेत्रका किसानहरुले ढुवानी सहजता नपाएर आफूले उत्पादन गरेको तरकारी फाल्न बाध्य भएको बेला १३ करोड ५३ लाख १३ हजार मुल्य बराबरको तरकारी आयात भएको हो ।

विराटनगर भन्सार कार्यालयका अनुसार लकडाउनयता ५ करोड ३९ लाख ९४ हजार रुपैयाँ बरावरको ९ लाख ८४ हजार ९५ केजी हरियो तरकारी भारतबाट आएको छ । आयात भएको हरियो तरकारीहरुमा परवल, भिन्डी, करेला, खोर्सानीलगायत छ ।

यस अवधिमा विराटनगर भन्सारबाट ४ करोड ६३ लाख २१ हजार बरारको १७ लाख २६ हजार ६ सय ७१ केजि आलु आयात भएको छ ।
यसैगरि २ करोड ७३ लाख ५८ हजार मुल्य बरावरको ६ लाख ९४ हजार ५ सय ९४ केजी प्याज आयात भएको छ भने ७६ लाख ४० हजार रुयाको ८४ हजार केजि लसुन आयात भएको छ ।

भारतबाट निर्वाध रुपमा करोडौंको तरकारी आयात भइहरेको बेला धनकुटाको छथरजोरपाटी गाउँपालिकाको ४ वटा वडा र माहालक्ष्मी गाउँपालिकाको ३ वटा वडाको ११ सय हेक्टर जमिनमा किसानले लगाएको तरकारी भने अहिले बारिमा कुहिरहेको छ । सिजनमा फलेको मोटरकोसा ५ रुपैयाँ किलोमा पनि विक्री नभएको भन्दै किसानले गाई वस्तुलाई ओछ्इदिएका छन् । रायोको साग, फूलकोभी, काँक्रा नबिकेर खेर गइरहेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सो क्षेत्रमा उत्पादित ५ करोड हाराहारीको तरकारमध्ये २०/३० लाखको मात्र बिक्री भएको छ । भारतबाट सोही मूल्य बराबरको तरकारी आयात भएकोमा त्यसलाई रोक्ने र आन्तरिक उत्पादनलाई बजारसम्म लैजाने विषयमा सरोकारवाला निकायले ध्यान नदिएको सिँधुवा कृषि भण्डारका प्रमुख मेघराज गुरुङले बताउनुभयो ।

तरकारी मात्र हैन, लकडाउनपछि विराटनगर भन्सारबाट २६ करोडको फलफुल आयात भएको छ । यस समयमा स्याउ २३ करोड ४० हजारको आयात भएको छ भने ११ लाख ८० हजारको अम्बक र आँप १४ हजार ७ सय ७० केजी आयात भएको छ । ३४ लाख ४२ हजारको सुन्तला ६३ हजार ९ सय ५९ केजी आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

यो अबधिमा ७७ लाख ८८ हजारको कागती तथा अमिलो फलफुल, ७३ लाख ५९ हजारको अंगुर र अन्य ताजा फलफुलहरु ६३ लाख ८५ हजारको आयात भएको छ ।

सिधुवाको तरकारी बिकेन, करोडौंको नोक्सानी

शुक्रबार, २६ बैशाख, २०७७, दिउँसोको ०४:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर