विराटनगर । सरसफाईका क्षेत्रमा अग्रसर संस्था परिवर्तनका लागि हातेमालोले प्रहरीहरुलाई मास्क वितरण गरेको छ ।
संस्थाले विराटनगरको विभिन्न भागमा अवस्थित रहेको प्रहरी बिटहरुमा कार्यरत सुरक्षाकर्मीहरुलाई मास्क वितरण गरेको हो । संस्थाद्वारा हाटखोला, घिनाघाट, पुष्पलाल चौक, मिलन चौक, कटहरी, बसपार्क, मिलन चौकको मुशहर बस्ती र महेशपुर कृषि बजारमा अवस्थित रहेको प्रहरी बिटहरुमा खटिएका सुरक्षाकर्मीहरुलाई मास्क वितरण गरिएको संस्थाका अध्यक्ष विनोद परियारले बताउनुभयो । उहाँले आगामी दिनहरुमा आवश्यकता अनुसार अन्य ठाउँहरुमा पनि मास्क वितरण गर्ने जानकारी दिनुभयो ।
मास्क वितरणमा भने संस्थाका सदस्य जगत गिरी, अनिल बरदेवा र अशोक कामत लगायतले सहजीकरण गरेका थिए ।

