विराटनगर । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाले आगामी बिहीबार सम्म देशका पूर्वी तराई भू–भागका साथै मध्य भू–भागमा आंशिक बदली रही बर्षा हुने सम्भावना रहेको जनाएको हो । यसैगरी पूर्वी तथा मध्य पहाडी भू–भागका एक÷दुई स्थानमा अपरान्हपछि मेघगर्जन, चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यता, पश्चिमी पहाडी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसका साथै मौसम पूर्वानुमान महाशाखाले भोलि शनिबार पनि पूर्वी नेपालका केही स्थानमा हावाहुरी सहित बर्षाको सम्भावना रहेको औंल्याएको छ ।

