उदयपुर । क्वारेन्टाइनमा बसेका उदयपुरको रौतामाई गाउँपालिका–७ गुराँसेका एक युवाले बिहीबार राति आत्माहत्या गरेका छन् ।
श्रीमतीसहित जनता क्याम्पस रौतामाई–७ राजाबास क्वारेन्टनाइनमा बस्दै आएका १८ वर्षीय सुमन विकले झुण्डिएर आत्महत्या गरेका हुन् ।
काठमाडौंबाट वैशाख ११ गते घर फर्किएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । श्रीमतीसँग एउटै कोठामा बसेका विकले श्रीमती सुतिसकेपछि सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । आत्महत्या गर्नुको कारण भने खुलेको छैन ।
क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिले उनीहरुबीच नियमित झगडा हुँदै आएको जानकारी प्रहरीलाई दिएका छन् । गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार प्रेमविवाह गरेर काठमाडौं गएका थिए । क्याम्पसको क्वारेन्टाइनमा ८ जना छन् ।

