विराटनगर । मोरङको मिक्लाजुङ्ग गाउँपालिका–४ सखेवास्थित एक बालिकाले सुसाइट नोट लेखेर आत्महत्या गरेकी छिन् । १५ वर्षीय ति बालिकाले सुसाइट नोट लेखेर शनिबार आत्महत्या गरेकी हुन् ।
‘पूर्व प्रेमीले करणी गरेको र प्रेममा रहेका पारसले थाहा पाएपछि उनले छोडेर अर्कैसँग विवाह गरेको कारणले आफुले आत्महत्याको बाटो रोज्नु परेको र आफुलाई करणी गर्नेलाई कारवाही गरिनुपर्ने,’ उनले लेखेको सुसाइट नोटमा उल्लेख छ । सुसाइट नोटमा पूर्व प्रेमी मदन भएको पनि उल्लेख गरेकी छिन् । आत्महत्या गरिएको सुसाइट नोट मृतकका परिवारले इलाका प्रहरी कार्यालय उर्लाबारीमा बुझाएका छन् । मृतका परिवारले सत्यतथ्य छानविन गरि आत्महत्या गराउन बाध्य बनाउनेहरूलाई कारवाहीको माग राखेका छन् ।
मृतककी दिदीले बहिनीले सुसाइट नोटमा नाम किटान गरि आत्महत्या गरिएको उल्लेख गरेको हुनाले प्रहरीले निष्पक्ष छानविन गरि दोषीलाई कारवाही गराउनुपर्ने बताउनु भयो । इप्रका उर्लाबारीका प्रमुख इनिस्पेक्टर सुवास राईलाई भेटर उहाँले यस्तो माग राख्नुभएको हो । कक्षा ९ मा अध्ययरत ती बालिका स्थानीय सरस्वती माविमा अध्ययरत थिइन् । प्रहरीले उनको शव उर्लाबारीस्थित मंगलबारे अस्पतालमा पोष्मार्टम गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले मृतक लिम्बुको पोष्मार्टम भएकोले रिपोर्ट आएपछि थप अनुसन्धान प्रक्रिया अगाडी बढाउने बताउनु भयो । उहाँले यस घटनामा विस्तृत रूपमा प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाउने बताउनु भयो ।