तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–२ बस्ने रेवन्त बि.क.को १० वर्षीय छोरा सरोज बि.क. र निजकै भान्जी १० वर्षीया ऐलिना बि.क. तेलिया खोलाको दहमा मृत फेला परेका छन् ।
शनिबार दिउँसो दुबै बालक तथा बालिका छथर गाउँपालिका २ र धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ मा पर्ने तेलिया खोलाको कानगुदी दोभानमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा बेपत्ता भएका उनीहरुको खोृजी गर्दा आज बिहान साढे ११ बजे सोही दह भित्र ढुङगाले थिचिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।