विराटनगरमा कोरोना परीक्षण अभियान सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले नगरका वडाहरुमा कोरोनाको परीक्षण सुरु गरेको छ ।

महानगरको स्वास्थ्य टोलीको निगरानीमा रहेकाहरुको ¥यापिड टेस्ट किट (आरडिटी) बाट परीक्षण सुरु गरिएको हो । होम क्वारेनटाइनमा रहेका र बिदेशवाट आएका २७ जनाको शुक्रबार परीक्षण गरिएको छ । विराटनगरका वडा नं. १ र ३ मा रहेकाहरुको पहिलो चरणमा परीक्षण गरिएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिनुभयो ।

महानगरका १९ वटै वडाहरुमा केही दिनभित्रै परीक्षण सक्नेगरी काम भइरहेको मेयर पराजुलीले जानकारी दिनुभयो । अहिलेसम्म महानगर सुरक्षित रहेपनि सिमाक्षेत्रवाट हुनसक्ने समस्या समाधानका लागि अधितम प्रयास भइरहेको मेयर पराजुलीको भनाइ छ ।

परीक्षण पछि नेगेटिभ रिपोर्ट आएकाहरुलाई घर फर्काइने छ भने पोजेटिभ या शंकास्पद भएकाहरुलाई आइसोलेसन वा क्वारेनटाइन कहाँ राख्ने भन्ने कुरा निक्र्यौल हुने विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

यसअघि क्वारेन्टाइन बसिरहेकाहरु घर फर्किसकेका छन् । यस्तै शुक्रवार मात्रै विराटनगरको बैझनाथपुरमा रहेको क्वारेन्टाइनमा ५ जना कोरोना आशंका गरिएका मानिसहरु राखिएको छ । कोरोना परीक्षणका क्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेल, वडा नं. १ का वडाध्यक्ष उद्धव अर्याल, वडा नंं ३ का वडाध्यक्ष बिनेद बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

शुक्रबार, ०५ बैशाख, २०७७, साँझको ०६:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर