विराटनगर । प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका लागि तीन वटा गैरसरकारी संस्थाले ६ आईसीयु वेड हस्तान्तरण गरेका छन् ।
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलेलाई आईसीयु वेड हस्तान्तरण गरिएको हो ।
करुणा फाउण्डेसन नेपाल र नेदरल्याण्ड लेप्रोसी रिलिफ (एनएलआर) ले ३ लाख ५९ हजारको ३ वटा र स्वीस सरकार विकास सहयोग (एसडिसी) ले ३ लाख ५० हजारको ३ वटा वेड हस्तान्तरण गरेको हो । कोभिड अस्पताललाई ब्ुध्ब्ँर इलेक्ट्रिक ३ वटा र म्यानुअल आईसीयु वेड ३ वटा हस्तान्तरण गरिएको हो ।
कोभिड १९ अस्पताललाई विश्व लुथरन फेडेरेसन (एलडब्लुएफ) ले १० केभिएको अनलाईन युपीएस हस्तान्तरण गरेको छ । ३ लाख ६० हजारको अनलाईन युपीएस हस्तान्तरण गरिएको लुथरनका कार्यक्रम व्यवस्थापक यज्ञ गौतमले जानकारी दिनुभयो ।
आईसीयु वेड र अनलाईन युपीएस ग्रहण गर्दै मन्त्री घिमिरेले कोरोना भाईरस विरुद्ध लड्नका लागि सरकार मात्रै नभएर समाजका सवै अंगको उत्तिकै भूमिका रहने बताउनुभयो । प्रदेश १ सरकारले कोभिड अस्पताल नमूना अस्पताल निर्माण गरेको उहाँले बताउनुभयो । उहाँले कोरोनाको उपचार पछि प्रदेश सरकारले कोभिड अस्पतालमा नयाँ कार्यक्रम शुरु गर्ने वताउनुभयो ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।