लोड हुँदैछ...

मेनु

नयाँ वर्षमा राष्ट्रिय गान र थपडी

नयाँ वर्षमा राष्ट्रिय गान र थपडी

विराटनगर । विराटनगर महानगरपालिकमा सोमबार बिहान राष्ट्रिय गान गाएर तथा थपडी पडकाएर नयाँ वर्षको स्वागत गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान अनुसार महानगरपालिकाले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुको सम्मानमा राष्ट्रिय गान गाएर तथा थपडी पडकाएर नयाँ वर्षको स्वागत गरेको हो ।

विश्वभरि अनियन्त्रित रुपले फैलिएको कोरोना भाईरसको सन्त्रासको बाबजुद पनि अहोरात्र खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुको सम्मानमा २०७७ बैशाख १ गतेका दिन बिहान ८ बजे राष्ट्रिय गान गाउने तथा ताली पिट्ने तय भएको थियो । एक गैरसरकारी संस्थाले गरेको आह्वानलाई प्रधानमन्त्री ओलीले पनि फलो गरेपछि देशैभरि स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुको सम्मानमा राष्ट्रिय गान गाएर शुभकामना आदानप्रदान गर्दै नयाँ बर्षको शुभारम्भ गरिएको छ ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पनि नयाँ बर्ष वि.सं. २०७७ को अवसरमा सम्पुर्ण नगरबासीहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दीर्घायर एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । कोरोना भाईरसको फैलिँदो संक्रमण र बढ्दो जोखिमको कारण नयाँ बर्षमा कुनै गतिबिधि भने भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।