कैलालीकी एक महिलामा कोरोना, संक्रमितको संख्या १३ पुग्यो

काठमाडौं । कैलालीको लम्की चुहामा ५५ वर्षीया एक महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी ९ चैतमा लम्की आएकी थिइन् । उनी १७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा थिइन् । भुरुवामा आफन्त कहाँ बसेकी उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टाइनमा राखेका थिए । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ ।

१५ दिनअघि वीरगन्जबाट आएकी ती महिलालाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो। र्‍यापिड टेस्टका क्रममा उनको नतिजा नेगेटिभ आएको थियो। तर थप परीक्षणका लागि उनको स्वाब काठमाडौं पठाइएको थियो। काठमाडौंमा परीक्षण गर्दा उनको नतिजा पोजेटिभ देखिएको हो ।

यसअघि आइतबार वीरगन्जको मस्जिदमा बसेका तीन जना भारतीयमा कोरोनाको संक्रमण पुष्टि भएको थियो।

सोमबार, ०१ बैशाख, २०७७, बिहानको ११:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर