नयाँ वर्षमा राष्ट्रिय गान र ताली बजाउन आह्वान

विराटनगर । कोरोना भाइरस संक्रमण रोकथाम र उपचारका लागि फ्रन्टलाइनमा रहेर खटिने योद्धाहरुको सम्मानमा सोमबार राष्ट्रियगान वाचन र ताली बजाइने भएको छ ।

ग्लोबल कम्प्याक्ट नेपालको आह्वानमा हुन लागेको राष्ट्रिय गान बजाउने अभियानमा सबैलाई सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीले अनुरोध गर्नभएको छ ।

ग्लोबल कम्प्याक्ट नेपालले नयाँ वर्षको दिन सोमबार विहान ८ बजे राष्ट्रिय गान बजाउने अभियान राखेको छ । कोरोना विरुद्धको अभियानमा अग्रपंक्तिमा खटिनेको प्रोत्साहन र राष्ट्रियत एकता प्रदर्शन गर्न यस्तो अभियान चलाइएको हो ।

यसैगरी नेपाल पत्रकार महासंघसहित नागरिक संस्थाहरुले वैशाख १ गते नै कोरोना भाइरस संक्रमण रोकथाम र उपचारमा खटिएका योद्धाहरुको सम्मानमा एक मिनेट देशभरि ताली बजाउन सामुहिक आग्रह गरेका छन् । नेपाल पत्रकार महासघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले सबै भन्दा जोखिम उठाउँदै कोरोना भाइरस रोकथाम र उपचारमा खटिएका नेपाली स्वास्थ्यकर्मी , सुरक्षाकर्मीहरु, जनप्रतिनिधिहरु, कर्मचारीहरु, पत्रकारहरु, र समुदाय स्तरमा खटिएका स्वयंसेवकसँगै लकडाउनको पालना गरिरहनुभएका आम जनसमुदायप्रति नयाँ बर्ष २०७७ को पहिलो दिन सोमवार बैशाख १ गते बिहान ६ बजे एक मिनेट ताली बजाएर उच्च सम्मान व्यक्त गर्न सामुहिक आव्हान गरेको जानकारी गराउनुभएको हो ।

‘नयाँ वर्ष २०७७ को पहिलो दिन आ–आफ्नो स्थानबाट १ मिनेट ताली बजाऔ र विभिन्न महासंघ, संजाल र नागरिक संस्थाका प्रतिनिधिहरुबीच ५ मिनेटसम्म नेटवर्क बैठक मार्फत् त्यसलाई प्रवाह गरौं, पत्रकार महासंघसहित नागरिक संस्थाहरुको आह्वान छ ।

आइतबार, ३० चैत, २०७६, साँझको ०६:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर