लोड हुँदैछ...

मेनु

नयाँ वर्षमा प्रदेश प्रमुख र सभामुखको शुभकामना सन्देशः कोरोनालाई परास्त गर्न सकौं

नयाँ वर्षमा प्रदेश प्रमुख र सभामुखको शुभकामना सन्देशः कोरोनालाई परास्त गर्न सकौं

विराटनगर । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासी र सभामुख प्रदिपकुमार भण्डारीले नयाँ वर्ष २०७७ ले कोरोनाको त्रासदीबाट मुक्ति दिलाओस् भन्ने शुभकामना दिनुभएको छ ।

नयाँ वर्ष २०७७ को शुभआगमनको अवसरमा छुट्टाछुट्टै सन्देश जारी गर्दै उहाँहरुले नयाँ वर्षसँगै कोरोनाको जोखिमबाट मुक्त बन्न सकियोस् भन्ने शुभकामना दिनुभएको हो ।

आगामी दिनमा नयाँ जोस, जाँगर र हौसलाका साथ नेपाल सरकारको नारा “सुखी नेपाली समृद्व नेपाल” लाई पूरा गर्ने मनोकांक्षा सबै नेपालीमा श्रृजना होस् भन्ने कामना प्रदेश प्रमुख अधिकारीले गर्नुभएको छ । यस्तै सभामुख भण्डारीले सामाजिक तथा आर्थिक समृद्धि एवंम् राष्ट्रको विकासको साझा लक्ष्य प्राप्तिको संकल्पसहित अगाडि बढ्नुपर्ने समयमा अत्यन्त विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै सचेत रहन आह्वान गर्नुभएको छ ।

उहाँहरुले कठिन परिस्थितिमा पनि महामारी नियन्त्रणका निमित्त अहोरात्र लागि रहनु भएका स्वास्थ्यकर्मी, सुरक्षा निकाय, सञ्चारकर्मी तथा सम्बद्ध सबै पक्षहरुमा हार्दिक धन्यवाद एवंम् आभार प्रकट गर्नुभएको छ ।

प्रदेश प्रमुखको शुभकामना सन्देशः

“कोरोना भाईरसको विरुद्व नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले गरेका निर्णयहरुको पालना गरौं, आफु बचौं, अरुलाई बचाऔं”
नयाँ वर्ष २०७७ सालको हार्दिक शुभकामना

नोवेल कोरोना भाईरस (कोभिड–१९) को महामारी का बिरुद्ध विश्व लडिरहेको छ । नेपाल सकार प्रदेश सरकार र स्थानिय सरकार यसका बिरुद्व आफ्नो क्रियासिलता देखाउदै योजना बद्व रुपमा उत्साहसरका साथ लागिपरीरहेका छन् । यस अभियानलाई सफल बनाउन आफ्नो सम्पूर्ण शक्ति लगाईरहेका छन । अमुल्य मानव जीवनको रक्षार्थ सबै पक्षलाई आ—आफनो ठाउँबाट अझै नियमित क्रियासिल भई एकमना एकताका साथ लागिरहन हाद्र्धिक अनुरोध गर्दै नव वर्ष २०७७ को उपलक्ष्यमा सम्पुर्ण स्वदेश तथा बिदेशमा रहुनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, संबृद्धी ,सु–स्वास्थ्य, दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछु

सामाजिक समदुरीलाई कायम गर्न सके बिपत्तिबाट आफु पनि बाँच्ने र अरुलाई पनि बचाउँने कार्यमा क्रियासिलता र सक्रियता देखाउदै घरमै बसेर आफु र आफ्नो परिवारको अमुल्य जीवनको रक्षा गर्न समेत हार्दिक आव्हान गर्दछु । साझा दुश्मन नोवल कोरोना भाईरसका बिरुद्ध, बिपतमा साथ दिने ंअहोरात्र खटिरहनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधि, समाजसेवी, उद्योग व्यवसायी, संचारकर्मी, स्वयम्सेवकहरु, राजनीतिक व्यत्तित्व तथा लकडाउनलाई सफल बनाउ उद्यत नेपाली जनतालाई थप प्रेरणा दिदै हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

अन्त्यमा, जीवन रक्षाका लागि अत्यावश्यक खाद्यपदार्थ र स्वास्थ्य सामाग्रीको उचित व्यवस्थापनमा सरोकारवाला पक्षको समयमै ध्यान पुगोस् भन्ने कामना सहित यस नव वर्षले हामी सबैलाई कोरोनाको त्रासदीबाट मुक्त्ति दिलाओस्, आगामी दिनमा नयाँ जोस, जाँगर र हौसलाका साथ नेपाल सरकारको नारा “सुखी नेपाली समृद्व नेपाल” लाई पूरा गर्ने मनोकांक्षा सबै नेपालीमा श्रृजना होस् भनी पुनः सबैमा सुख, शान्ति, सम्बृदि,सु–स्वास्थ्य, दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद

सभामुखको शुभकामना सन्देशः
नयाँ बर्ष २०७७ को शुभआगमनको अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य, दिर्घायु, सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

वितेको बर्षको अनुभवबाट शिक्षा लिदै थप जोश जाँगरका साथ सामाजिक तथा आर्थिक समृद्धि एवंम् राष्ट्रको विकासको साझा लक्ष्य प्राप्तिको संकल्प सहित अगाडी बढनु पर्ने यस घडीमा हामी अत्यन्त विषम परिस्थीतिबाट गुज्रिरहेका छौ । विश्वलाई नै आक्रान्त बनाई रहेको कोरोना भाईरस ९कोभिड १९० को महामारीको संत्रासबाट हामी पनि अछुतो रहेका छैनौ । सानो गल्तीले पनि अवस्था भयावह बन्ने तर्पm सचेत रहदै यस्तो कठिन एवंम् संकटको अवस्थाबाट उन्मुक्ति प्राप्त गर्न यो नयाँ बर्षको शुभआगमनले सबै नेपालीहरुलाई एकताबद्ध भई उच्च मनोबलका साथ संभव सबै उपायहरु अबलम्वन गर्दै लागि पर्न प्रेरणा प्राप्त होस कामना गर्दछु । साथै कठिन परिस्थीतिमा पनि यो महामारी नियन्त्रणका निमित्त अहोरात्र लागि रहनु भएका स्वास्थ्यकर्मी, सुरक्षा निकाय, सञ्चारकर्मी तथा सम्बद्ध सबै पक्षहरुमा हार्दिक धन्यवाद एवंम् आभार प्रकट गर्दछु ।

संघियताको नौलो अभ्यास गरिरहादा काम गर्ने क्रममा सिक्दै सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना साकार पार्न उपलब्ध साधन स्रोतहरुको अधिकतम उपयोगद्धारा आत्मनिर्भर अर्थतन्त्र निर्माण गदैृ देशको स्थायित्व, विकास र समृद्धिको लागि “समृद्ध नेपाल सुखि नेपालीे” साझा लक्ष्य प्राप्ति गर्न निरन्तर क्रियाशिल रहन हामी सबैलाई नयाँ बर्षले थप उर्जा प्रदान गर्नेछ भन्ने विश्वास गर्दछु ।
नयाँ बर्षको प्रारम्भ सँगै हामी नेपालीहरु बिच सदियौं देखि रहदै आएको एकता, भातृत्व, सद्भाव अझ कसिलो बन्दै विश्वमा फैलिएको कोरोना भाईरस ९कोभिड १९० को हाम्रो राष्ट्रमा हुन सक्ने संभावित महामारीलाई रोक्दै राष्ट्रिय अखण्डता, राष्ट्रियता, तथा राष्ट्रको विकास र समृद्धिको पक्षमा साझा लक्ष्यका साथ अगाडी बढने प्रेरणा प्राप्त होस भन्ने कामना गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, प्रगति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।