विराटनगर । कोरोना भाइरसका कारण सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा मृतक संख्या पनि उच्च बनेको छ ।
अमेरिकामा शनिबारसम्म कोरोना भाइरसका कारण निधन हुनेको संख्या १९ हजार ६ सय ६६ पुगेको छ।
यसअघि विश्वमा सबैभन्दा धेरै मृतक इटालीका थिए । शनिबार साँझ मृतक संख्यामा अमेरिकाले उछिनेको हो । कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डोमिटर्स डट इन्फोका अनुसार अमेरिकामा ५ लाख ६ हजार ८ संक्रमित भएका छन् ।
अमेरिकापसिछ युरोपेली राष्ट इटालीमा पनि १८ हजार ८ सय ४९ जनाको ज्यान गइसकेको छ। इटालीमा १ लाख ४७ हजार ५ सय फेला परिसकेका छन्।
अमेरिकामा शुक्रबार एकै दिन मात्र कोरोना भाइरसको संक्रमण दुई हजारभन्दा बढीले ज्यान गुमाएका थिए। मृत्युदर अप्रत्यासित रहेको विश्वको महाशक्ति राष्ट्र अमेरिकामा करिब ११ हजार मानिस अझै गम्भीर अवस्थामा छन्।
अमेरिका र इटालीपछि स्पेनमा पनि १६ हजार ३ सयभन्दा बढीको ज्यान गइसकेको छ। स्पेनमा पनि ७ हजार ३ सयभन्दा बढी मानिस गम्भीर अवस्थामा छन्। स्पेनमा १ लाख ६८ हजारभन्दा बढी संक्रमित छन्। यी
कोरोनाको उद्गम देश मानिएको चीनमा भने विगत २४ घन्टामा ज्यान गुमाउनेको संख्या मात्र ३ छ। जहाँ ४६ जना नयाँ संक्रमित फेला परेका छन्। चीनमा १ सय ४१ जना मानिस गम्भीर अवस्थामा रहेको डब्ल्युएचओले जनाएको छ।
बेलायतमा पनि कोरोना भाइरसकै कारण ज्यान गुमाउनेको संख्या ९ हजार ८ सय नाघेको छ। बेलायतमा पछिल्लो केही घन्टमै ९ सयभन्दा बढीको संख्यमा मानिसको मृत्यु भइसकेको छ।