टाँडी क्वारेन्टाइनबाट ८० जना घर फिर्ता

विराटनगर । मोरङको टाँढीस्थित क्वारेन्टाइनका ८० जनालाई घर फर्काइएको छ ।

उनीहरुको स्वाब परीक्षणमा कोरोना संक्रमण नदेखिएको कारण घर फर्काइएको क्वारेन्टाइनको सुरक्षा गरिरहेको नेपाली सेनाको सूर्यदल गणले जनाएको छ ।

परीक्षण गरिएका ८२ जनाको स्वाब परीक्षणको नतिजा सबैको नेगेटिभ आएको थियो । नेगेटिभ आएका ८० जना व्यक्तिहरुलाई निजका स्थानीय तहलाई बुझाई घर फिर्ता पठाईएको सेनाले बताइएको छ । फिर्ता हुनेमध्ये भारतका ४ जना र नेपालका ७६ जना रहेका छन् ।

नेपाली सेनाले व्यवस्थापन गर्दै आईरहेको क्वारेन्टाईनमा विभिन्न देशको रोजगारीबाट स्वदेश फर्किएका तथा भारतबाट भित्रिएका १ सय ४८ जना मानिसलाई सेवा प्रदान गर्दै आएको छ ।

शनिबार, २९ चैत, २०७६, साँझको ०६:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर