सवारी पास लिएर लागुऔषध तस्करी

विराटनगर । जिल्ला प्रशासन कार्यालय तथ नष्रपालिका र वडा कार्यालयको अनुमतिमा सवारी पास लिएर लागुऔषध तस्करी गर्ने दुई व्यक्ति मोरङमा पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालय सिराहबाट औषधी ओसारपसार गर्ने सवारी पास लिएर लागुऔषध ब्राउनसुगरको ओसारपसार गर्नेहरु पक्राउ परेका हुन् ।

इलका प्रहरी कार्यालय बेलबारीले मंगबार राति बेलबारी ३ स्थित पूर्वपश्चिम राजमार्गबाट सवारीपास भएको मोटरसाईकलमा सवार दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
प्रहरीले सिराहको मिचैयाँ ३ घर भइ हाल गोलबारज नगरपालिका ३ का बस्ने २३ वर्षीय सन्तोष सिंह र सोही ठाउँका २४ वर्षीय विजयकुमार मण्डललाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीका अनुसार पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ३१ ग्राम ६९ मिलिग्राम ब्राउन सगुर बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई मोरङ प्रहरीले भिडियो ‘कन्फेरेन्स’ मार्फत बुधबार सार्वजनिक गर्दै मोरङमा अहिलेसम्मकै ठूलो परिमाणमा ब्राउनसगुर बरामद भएको जनाएको छ ।

लकडाउनको समयमा सवारी पासविना मोटरसाईकल चलाउन नपाइने भएकोले उनीहरुले वडा कार्यालय , नगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएको खुलेको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नं. २–०१००१ प २६७२ नम्बरको मोटरसाइकलमा चेकजाँचको क्रममा इप्रका बेलकारीका प्रहरी निरीक्षक गुणराज बुढाथोकीको नेतृत्वमा खटिएको टोलीले ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरेको हो । विजयकुमार मण्डलले लगाएको जुत्ताभित्र मोजामा ब्राउनसुगर लुकाएर राखिएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।

कारोना नियन्त्रणमा राज्यले लकडाउन गरिएको अवस्थामा तस्करीमा लागेको गिरोहले मौकाको फाइदा उठाउँदै अवैध धन्दा सञ्चालन गरिरहेको खुलेको छ । पक्राउ परेकाहरुले झापाको दमकबाट ब्राउन सुगर ल्याएको प्राराम्भिक बयान दिएका छन् । उनीहरूको सञ्जाल पत्ता लगाउने प्रहरीले अनुसन्धान सुरू गरेको छ ।

बरामद भएको ब्राउन सुगरको बजारमुल्य प्रतिग्राम ५० हजार रुपैयाँ पर्ने प्रहरीले जनाएको छ ।

बुधबार, २६ चैत, २०७६, साँझको ०५:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर