लायन्सद्वारा पीपीई हस्तान्तरण

विराटनगर । विराटनगरका दुईवटा स्वास्थ्य संस्थालाई लायन्स क्लवले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरेको छ ।

प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको उपस्थितिमा मोरङ रेडक्रस सोसाईसी र हाम्रो अस्पताललाई ५÷५ थान पीपीई सेट हस्तान्तरण गरिएको लायन्स क्लव ३२५ ए वानका सेकेण्ड भाईस डिष्ट्रीक गर्भनर रेवतबहादुर कार्कीले बताउनुभयो ।

पीपीई हस्तान्तरण कार्यक्रममा लायन्स क्लव ३२५ ए वानका डिष्ट्रीक गर्भनर राजन खत्री, पुर्व गर्भनरहरु लीलाकुमार ढुंगेल, भीम घिमिरे लगायतको उपस्थिति रहेको थियो । लायन्स क्लव ३२५ ए वानले अहिलेसम्म ५२ थान पीपीई वितरण गरिसकेको उहाँले बताउनुभयो ।

विराटनगर महानगरपालिकालाई २५ र बाँकी अन्य स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराईएको छ । मोरङका स्थानीय तह र सामाजिक संस्थाहरुमा पनि लायन्स क्लवले खाद्यसामाग्री पनि वितरण गरेको लायन्स क्लवका एरिया को–अर्डिनेटर रिसव दाहालले बताउनुभयो ।

महिला जागृति बृद्धाश्रम र मानव सेवा आश्रममा खाद्य सामाग्री उपलब्ध गराईएको छ । विराटनगर २, ३, ४, ६, ७, १९ र ग्रामथान २ मा खाद्य सामाग्री उपलब्ध गराईएको एरिया को–अर्डिनेटर दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार एक साताको अवधिमा १ हजार १ सय परिवारलाई खाध्यान्न सामाग्री उपलब्ध गराईएको छ ।

लायन्स क्लवले १ नं. प्रदेश प्रहरी कार्यालयमा २ सय थान मास्क, १ सय ५६ थान ह्याण्ड सेनिटाईजर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरंगमा १ सय ५० थान मास्क, ३५ थान ह्याण्ड सेनिटाईजर वितरण गरिएको छ । यस्तै विराटनगर वसपार्कमा रहेका यातायात मजदुरलाई खाना खुवाउनका लागि ८ वोरा चामल, ३ वोरा दाल, नुन र तरकारी खरिदका लागि नगद ५ हजार उपलब्ध गराईएको लायन्स क्लबले जनाएको छ ।

बुधबार, २६ चैत, २०७६, दिउँसोको ०४:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर