लकडाउन उल्लंघन गर्ने मन्त्री सहायकमन्त्रीमा घटुवा

कोरोना भाइसरको संक्रमण फैलन नदिन गरिएको लकडाउल उल्लंघन गरेपछि न्युजिल्याण्डका स्वास्थ्यमन्त्री घटुवामा परेका छन् ।

लकडाउनको क्रममा साइकल यात्रामा निस्किएका डेभिड क्लार्कको मन्त्रीको जिम्मेवारी खोसेर सहायक स्वास्थ्यमन्त्रीमा घटुवा गरिएको हो ।

बेलायती मिडिया द गार्जियनका अनुसार क्लार्कले लकडाउनको समयमा परिवारसँग ४० किलोमिटर यात्रा गरेका थिए । उनले यो कामको लागि क्षमायाचना गर्दै आफूले आफैंलाई ‘मूर्ख’को संज्ञा दिएका छन् ।

स्वास्थ्यमन्त्रीले लकडाउन उल्लंघन गरेको घटनाको मुलुकभर विरोध भएको थियो । न्युजिल्याण्डकी प्रधानमन्त्री जाकिन्डा एर्डेनले सामान्य अवस्थामा भए उनलाई निलम्बन गरिने तर कोभिड–१९ विरुद्धको लडाइँमा उनको साथ आवश्यक रहेको बताउँदै घटुवा गरेकी हुन् ।

न्युजिल्याण्डमा मार्च २५ मा चार साता लामो लकडाउन शुरु भएपछि उल्लेख्य मात्रामा यसको उल्लंघन पनि भइरहेका छ। न्युजिल्याण्डमा ११ सय ६० कोरोना संक्रमित पुगेका छन् भने एक जनाको मृत्यु भएको छ । (एजेन्सीं)

मङ्गलबार, २५ चैत, २०७६, दिउँसोको १२:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर