लोड हुँदैछ...

मेनु

प्रदेश १ : कोषमा ११ करोड ६५ लाख जुट्यो

प्रदेश १ : कोषमा ११ करोड ६५ लाख जुट्यो

विराटनगर । प्रदेश १ सरकारको कोरोना जनसुरक्षा कोषमा ११ करोड ६५ लाख पैयाँ जम्मा भएको छ ।

कोषमा सोमबारसम्म ११ करोड ६५ लाख ११ हजार ८ सय ३१ जम्मा भएको हो । कोषमा सोमबार थप ५ लाख ९२ हजार ७ सय ४२ रुपैयाँ प्राप्त भएको छ ।

कोषमा आइतबारसम्म ११ करोड ५९ लाख १९ हजार ८९ रुपैयाँ जम्मा भएको थियो । कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो । राष्ट्रिय बाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

कोषमा बैंक, संघसंस्था, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका दाताबाट सहयोग जुट्ने क्रम जारी रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।