शुक्रबार, कार्तिक २१, २०८२
☁️ 17°C Few Clouds
मिति रूपान्तरण प्रिटी - यूनिकोड रूपान्तरण
अनुसरण गर्नुहोस्
Hamromat
    • गृहपृष्ठ
    • मुख्य समाचार
    • समाचार
    • राजनीति
    • विचार/अन्तरवार्ता
    • खेलकुद
    • कला/मनोरन्जन
    • प्रदेश
      • कोशी
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्तम्भ
      • हाम्रो सरकार
      • हाम्रो शिक्षा
      • हाम्रो कृषि / पर्यटन
      • हाम्रो स्वास्थ्य
सञ्चारकर्मीलाई सुरक्षा सामग्री उपलब्ध होस् : काउन्सिल

सञ्चारकर्मीलाई सुरक्षा सामग्री उपलब्ध होस् : काउन्सिल

हाम्रोमत
हाम्रोमत चैत्र २३, २०७६
0 min read

काठमाडौं । प्रेस काउन्सिल नेपालले कोभिड–१९ को जोखिम बढिरहेको सन्दर्भमा अन्तर्राष्ट्रिय सीमासहित जोखिमपूर्ण क्षेत्रबाट समाचार सम्प्रेषणमा संलग्न सञ्चारकर्मीका निम्ति स्वास्थ्य सुरक्षासम्बन्धी सामग्री अविलम्ब उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

काउन्सिलको आज बसेको बैठकले कोभिड–१९ नियन्त्रणका लागि सबै प्रकारका सञ्चारमाध्यमबाट सन्देशमूलक सूचना सामग्री र कार्यक्रम प्रकाशन÷प्रसारण गर्न स्वास्थ्य मन्त्रालय, सङ्घ/प्रदेश र स्थानीय सरकारबाट आवश्यक सहकार्य र बजेट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

सङ्क्रमणबाट जोगिन सरकारले गरेको लकडाउनपछि नेपाली आमसञ्चारमाध्यमले खप्नुपरेको चरम पीडाको समीक्षा गर्दै विद्युत्, टेलिफोन, इन्टरनेटसहितका सञ्चार सामग्रीमा छुट र अनुदानको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । कोभिड–१९ को सङ्क्रमण र रोकथामका लागि राज्य नै बन्दाबन्दी ‘लकडाउन’ रहेको अवस्थामा अहोरात्र खटिएर चेतनामूलक सूचना सामग्री सम्प्रेषण गर्न देशैभरका सञ्चारमाध्यमले निर्वाह गरेको भूमिको प्रशंसा गरेको छ ।

कोभिड–१९ को जोखिमबाट सुरक्षित रही विश्वसनीय, सन्तुलित र सत्यतथ्यपूर्ण सूचना एवं समाचार–सामग्री सम्प्रेषण गर्न आमसञ्चारमाध्यमलाई अपिल पनि गरेको छ । सार्वजनिक आवतजावत बन्द हुनाका साथै वितरण गर्ने, सम्पादन, व्यवस्थापन समूह एक ठाउँमा जुट्न नसक्ने, छापाखानामा प्राविधिकहरू नआउने अवस्था हुँदा प्रकाशन अवरुद्ध पत्रपत्रिकाको हकमा लोककल्याणकारी विज्ञापन भुक्तानी र वर्गीकरणका लागि यस अवधिमा अङ्क नपुगे पनि भुक्तानी र वर्गीकरणको नीतिगत निर्णय गर्न पनि सरकारसँग आग्रह गरेको छ ।

काठमाडौँ प्रेस अनलाइन न्यूज पोर्टलको निर्माणकर्ता/सेवा प्रदायकबाट नै अनलाइन सञ्चारमाध्यममा प्रवेश गरी ‘कन्टेन्ट’समेत हटाइएउपर ध्यानाकर्षण भएको जनाउँदै बैठकले उक्त कार्य स्वतन्त्र प्रेसको मूल मर्म र भावनाविपरीत भएको ठहर गरेको छ ।

बैठकले सोकोे सत्यतथ्य छानबिन गरी दोषीमाथि कारवाही र आइन्दा यस प्रवृत्तिका प्रेस स्वतन्त्रताविरोधी हस्तक्षेप कहीँकतैबाट हुन नदिने व्यवस्था मिलाउन सम्बन्धित सबैमा आग्रह गर्ने निर्णय पनि गरेको छ । काउन्सिलले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा अध्यक्षको सात, अधिकृत कर्मचारीको पाँच र सहायकस्तरका कर्मचारी सबैको तीन दिनको तलब बराबरको रकम जम्मा गर्ने गरी निर्णय गरेको सूचना अधिकृत दीपक खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हाम्रोमत
Written by

हाम्रोमत

View Articles

प्रतिक्रिया दिनुहोस्

रद्द गर्नुहोस्

सम्बन्धित खवर

बक्राहाको ९ करोड कहाँ खर्च भयो ? (हेर्नुहोस् विवरण)

हाम्रोमत
हाम्रोमत असार १८, २०७८
बक्राहाको ९ करोड कहाँ खर्च भयो ? (हेर्नुहोस् विवरण)

कोरोनाबाट खोटाङकी युवतीको बेलायतमा मृत्यु

हाम्रोमत
हाम्रोमत बैशाख १२, २०७७
कोरोनाबाट खोटाङकी युवतीको बेलायतमा मृत्यु

बलात्कारको घटना मिलापत्र गराउने छ जना पक्राउ

हाम्रोमत
हाम्रोमत मंसिर २६, २०७७
बलात्कारको घटना मिलापत्र गराउने छ जना पक्राउ

.com

सूचना विभाग दर्ता नं. २८०९–२०७८/७९
प्रेस काउन्सिल नेपाल सुचीकरण :  ९५–२०७८/७९
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

सम्पर्क :
प्रसवि मिडिया प्रा.लि.
विराटनगर–९, काेशी प्रदेश, मोरङ
फोन नं. :
०२१–५१२७९०

कम्पनी दर्ता नं. २६६१६६/२०७८–७९
पान नं. ६१००३८५८३

सम्पादक : शशिधर पराजुली

प्रधान  सम्पादक/निर्देशक : विवेक गौतम

डेस्क सम्पादक : उत्तम उपाध्याय

व्यवस्थापक : प्रेम पुरी

अध्यक्ष :  प्रभात घिमिरे

ईमेल: prasabimedia@gmail.com,          hamromat@gmail.com

 

  • Privacy Policy
  • Contact us
Hamromat
© २०२५ Hamromat. All Rights Reserved.
Powered by teknologia.studio