लेटाङ । मोरङको लेटाङ नगरपालिकाले राहत वितरणको कार्य अन्तिम चरमा पुर्याएको छ ।

आइतबार नगरपालिकाका २, ५, ७, ८ र ९ वटा वडामा खाद्य सामाग्री पठाएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।

लेटाङ नगरपालिकामा असाह्य, अपांगता भएका, श्रमिक, मजदुरलगायतलाई राहत वितरण हुनेछ । वडामार्फत जम्मा २१ सय परिवारको लागत संकलन भएको र उनीहरुलाई राहत बाँढ्न लागिएको नगरपालिकाले जनाएको छ ।