कोरोनाले रिलिज गराएको म्युजिक भिडियो : जिम्बू झानेर

पथरी । अहिले बिश्व भरि नै महामारीको रुपमा कोरोना भाईरस फैलिरहेको अवस्थामा मनोरञ्जन प्रदान गर्ने उद्दश्यले ओएस अवार्ड बिजेता गायक तथा बरिष्ठ ईन्जिनियर बीरेन्द्र श्रेष्ठले नयाँ म्युजिक भिडियो सार्बजनिक गर्नुभएको छ ।

गायक श्रेष्ठको सुमधुर आवाज साथै महेश ज्ञावलीको शब्द र संगीत रहेको गीत जिम्बू झानेर आईतबार सार्बजनिक भएको छ। म्युजिक भिडियोमा मिस तामाङ २०१६ दृप्ति तामाङ र गायक तथा बरिष्ठ ईन्जिनियर बीरेन्द्र श्रेष्ठलाई मुख्य भूमिकामा देख्न सकिन्छ । ताप्लेजुङ र पाँचथरलाई विशेषतः आफ्नो जन्म अनि कर्मथलो बनाएका गायक इन्जिनियर बीरेन्द्र श्रेष्ठको म्यूजिक भिडियोमा धार्मिक रुपमै प्रख्यात देबस्थल जोरपोखरी, कालापानी, गोपेटार, काबेली, फुङ्लिङ बजार, सुकेटार आदि ताप्लेजुङ र पाँचथराका विभिन्न मनोरम दृश्यलाई समेटिएको छ ।

आज भन्दा ३ बर्ष अगाडि सुटिङ भएको भिडियो विभिन्न कारणले रिलिज हुन रोकिए पनि यो कोरोनाले विश्व नै त्रासादी बनाईरहेको अवस्थामा अलिकति भएपनि मनोरन्जन हुने हेतुले भिडियो प्रदर्शन गरेको बताउनु हुन्छ श्रेष्ठ । साथै उहाँले यो गीतको चाँडै लिरिकल भिडियो पनि आउने बताउँदै आफूलाई अडियो निर्माणमा सहयोग गर्नु भएकोमा गायक प्राराज पौडेल र सरिता लिङ्देनलाई कृतज्ञता प्रकट गर्नुभएको छ ।

कोशी भिजन प्रा ली इटहरीका सुमन तामाङको निर्देशन रहेको म्युजिक भिडियोमा किरन तुलाधरको एरेन्ज, नेप्स्टार सन्देशले द्रोण सन्चालन गगर्नुभएको छ । निरज ठाकुरले कोरियोग्राफी गरेको म्युजिक भिडियोलाई क्यामेरा देबराज सिग्देलले खिच्नुभएको हो भने हेमन योन्जनले भिडियो एडिट गर्नुभएको हो ।

भिडियोमा हर्कराज गुरुङ, निरज ठाकुर, पेम्बा शेर्पा, रुपराज तिमल्सिना, राम राई, लक्ष्मण भट्टराई, सुमन श्रेष्ठ, बिकेन्द्र श्रेष्ठ,टीका नेपाल, टीका श्रेष्ठ, गङ्गा गुरुङ, सन्तलाल घिसिङ् सुमिना लावती, डिल्ली खत्री न्यौपानेहरुलाई समेत भूमिकामा देख्न सकिन्छ।

कोरोनाले निम्त्याएको विषम परिस्थितिमा आफू पनि आवश्यक सचेतना अपनाएर घर मै बसि रहेको र अरुलाई सचेत भएर घरमै बस्न आग्रह गर्दै बिलकुल नयाँ गित भएको ले सुन्न र मनोरञ्जन लिन आग्रह गर्नुहुन्छ गायक श्रेष्ठ । यो गीतको अडियोमा सामान्य समस्या भएपनि भिडियो ३ बर्ष अगाबै बनिसकेको र अडियोको ब्याकपसमेत नरहेकोले जे जस्तो अवस्थामा छ त्येसैलाई रिलिज गरेको गायक श्रेष्ठको भनाइ छ ।

लोक पप जनरामा आफ्नो गायन क्षेत्रलाई कायम राखी दर्शक श्रोता माझ लोकप्रिय रहेका गायक बीरेन्द्र्का यसअघि घर हाम्रो लेकैमा, पिरिमको बाढी, आउन माया, पिरती नाप्ने के ले हो ? जस्ता लोकप्रिय गीत नेपाली साङ्गीतिक बजारमा आइसकेका छन् ।

 

आइतबार, २३ चैत, २०७६, दिउँसोको ०२:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर