विराटनगर । मानव सहयोगी हातहरूद्वारा विराटनगर ८ हाटखोलाका ६५ परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
एक परिवारका लागि ६ किलो चामल, आधा लिटल तेल, १ किलो दाल र १ किलो नुन बिहीबार वितरण गरेको हो ।
सहयोगी दाताहरुमा साबिक अखिल क्रान्तिकारी विराटनगर अध्यक्ष बिक्रम चौधरी, समाजसेवी शिव श्रेष्ठ, अथर अन्सारी, प्रज्वल ढुङ्गाना र सरोज पोख्रेल रहेको मानव सहयोगी हातहरुका सचिव ताजिम अन्सारीले जानकारी दिनुभयो ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।