कोरोनाको डरले थाइल्याण्डका राजा जर्मनी भागे

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) को त्रासका कारण थाइल्याण्डका राजा ६७ वर्षीय महा वजिरालोगकर्ण आफ्नो देश छाडेर भागेका छन् ।

राजा महा वजिरालोगकर्ण २० जना महिला तथा कयौँ नोकरहरुसहित दक्षिण जर्मनी भागेका हुन् ।

दक्षिण जर्मनीको एक भव्य होटल बुक गरेर राजा वजिरालोगकर्णले महिला तथा नोकरको साथमा थाइल्याण्ड छाडेको भारतीय सञ्चार माध्यम आजतकले जनाएको छ । संकटको बेला राजा नै भागेपछि थाइल्याण्डका जनताले विरोध गरेका छन् ।

राजा वजिरा लोगकर्णले आफ्नो सुरक्षित आइसोलेसनका लागि भन्दै जर्मनीमा भव्य होटल बुक गरेको बताइएको छ । जर्मन पत्रिका बिल्डका अनुसार राजाले बसोबासका लागि स्थानीय जिल्ला परिषद्‍बाट अनुमतिसमेत लिएका छन् ।

त्यहाँको होटल ग्राण्ड र होटल सोन्नेबीचमा बुक गरेर उनले तीन जना श्रीमतिसहित २० महिला लिएर गएका हुन् ।

राजाले कोरोना भाइरस संक्रमणबाट बच्न जर्मनीको एउटा विलासी होटलमा अरु कसैलाई प्रवेश गर्न नदिनेगरी बुक गरेको बताइएको छ । राजाले सम्बन्ध बिच्छेद भइसकेका श्रीमतिहरु पनि लिएर देश छाडेका हुन् ।

जर्मनीमा कोरोना भाइरसको विनाशलाई ध्यानमा राख्दै सबै होटल र गेस्ट हाउसहरू बन्द गर्ने निर्णय त्यहाँको सरकारले गरेको छ। त्यहाँको जिल्ला परिषदले पाहुनाहरू भएकोले उनीहरूलाई होटलमा बस्न अनुमति दिएको जनाएको छ ।

राजा महाले उनको शाही परिवारका ११ जनालाई भने कोरोना संक्रमण भएको आशंकामा जर्मनीबाट थाइल्यान्डमा फिर्ता पठाएको बताइएको छ । कोरोना महामारीको बेला राजाले थाईल्याण्ड छोडेपछि उनको देशका जनतामा असन्तुष्टि छ। थाइल्याण्डमा राजाको आलोचना गर्नेलाई १ वर्ष कैद गर्ने व्यवस्था छ । तर, यसपकट नागरिकहरु आक्रोशित छन् र सोशल मीडियामा राजाको आलोचना गरिरहेका छन् ।

आफ्नो बुबाको मृत्युपछि २०१६ मा राजा महाले राजगद्दी सम्हालेका थिए । तीन पत्नीहरूसँग सम्बन्धविच्छेद गरी चौथो सुरक्षा कमाण्डरसँग विवाह गरेका थिए ।

बेलायती सञ्चार माध्यम डेलीमेलले पनि त्यसबारे समाचार दिएको छ ।

https://www.dailymail.co.uk/news/article-8164535/King-Thailand-self-isolates-coronavirus-German-hotel-harem-20-concubines.html?fbclid=IwAR1JxWXx79k43i1Ft5pTzKc2qU488q4gACLstAaV3q9EHcR15R95m4XTU4U

सोमबार, १७ चैत, २०७६, रातीको ०९:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर