चिकित्सा सामग्री तातोपानी आइपुग्दै

काठमाडौं । चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने भएको छ ।

सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामग्री तातोपानी नाका हुँदै नेपाल आउने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

सामान जाँचपासका लागि जाँचपासमा संलग्नहरुले मेडिकल प्रोटोकलको पालना गर्दै मालवस्तु जाँच गर्ने जनाइएको छ । स्वास्थ्य परीक्षणका लागि नाकामा स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा छ । ती सामग्रीको आयातसँगै तातोपानी नाका विधिवत् रुपमै पुनःसञ्चालन हुनेछ ।

बिहीबार जाँचपास गर्न पत्र आएकोले शुक्रबारदेखि मालवस्तु जाँचपास सञ्चालन भएको भन्सार कार्यालयल जनाएको छ । अहिले नाकाबाट फलफूल र चिकित्सा सागग्री मात्रै आउने गरेको छ । अब भने तातोपानी नाका पूर्ण रुपमा सञ्चालनका लागि सबै तयारी पूरा भएको पनि उहाँले जानकारी दिनुभयो ।

शुक्रबार, १४ चैत, २०७६, बिहानको ११:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर