लकडाउनको अबधिभरी विराटनगरमा खाद्य सामाग्री बजारमूल्यमा घरमै आइपुग्ने
विराटनगर । लकडाउनको समयमा सुपरमार्केटमा हुने भिडलाई घटाउने उद्देश्यले आरके सिटी सेन्टरले उपभोग्य(खाद्य)वस्तुहरु घरमै पु¥याइदिने भएको छ ।
सेन्टरले दाल, चामल, तेल, तरकारी, फलफुल लगायतका वस्तुहरु अर्डर अनुसार घरमै उपलव्ध गराइदिने सुविधा घोषणा गरेको हो ।
होम डेलिभरी सेवा अन्तरगत २ हजार रुपैंयामाथिको खरिदमा डेलिभरी शूल्क नलिने सेन्टरले जनाएको छ । २ हजार भन्दा कमको खरिदमा भने ५० रुपैयाँ सेवा शूल्क लाग्ने सेन्टरले जनाएको छ ।
नागरिकलाई आवश्यक पर्ने चामल, दाल तथा गेडागुडी, फलफुल र तरकारीका उपलव्ध भएसम्मका वस्तुहरु विराटनगर भित्रका उपभोक्ताको घरसम्म पु¥याउने प्रवन्ध गरेको सञ्चालक राजेश प्रसाईले जानकारी दिनुभयो ।
सेन्टरले तरकारी तर्फ सेतो आलु प्रतिकिलो ३० रुपैयाँ, प्याज प्रतिकिलो ५८ रुपैयाँ, रातो आलु प्रतिकिलो ४० रुपैयाँ, स्कुस प्रतिकिलो २५ रुपैंया र अन्य तरकारी पनि बजार मूल्यकै अनुपातमा उपलव्ध गराइने जनाएको छ ।
फलफूल तर्फ अनार प्रतिकिलो ३ सय ४० रुपैयाँ, सुन्तला प्रतिकिलो १ सय ५० रुपैयाँ, स्ट्रेवरी प्रतिप्याकेट १ सय ७५, फुजी स्याउ प्रतिकिलो २ सय ३५ रुपैयाँमा उपलव्ध गराउने जनाएको छ ।
सेलो तेल प्रतिलिटर १ सय ६० र प्रति ५ लिटर ८ सय ५५ रुपैयाँ, च्वोइस तेल प्रतिलिटर १६०, बाबा तेल प्रतिलिटर १ ५८, घैला तोरीको तेल प्रतिलिटर १ सय ९० रुपैयाँका दरले उपभोक्तालाई होमडेलिभरी गर्ने सेन्टरले जनाएको छ ।
यसैगरी चना प्रपितकिलो ९५, सेतो केराउ प्तिकिलो ६२ रुपैयाँ, मुङ दाल प्रतिकिलो १ सय ७१ रुपैयाँ, चनादाल प्रतिकिलो ११४ रुपैयाँ, र कालो दाल प्रतिकिलो १२९ रुपैयाँले उपलव्ध गराउने जानकारी दिएको छ । यस्तै सौगात स्पेशल जिरा मसिनो चामल प्रति २० किलोको १५ सय ७५, नेचुरल फ्रेस बास्मति चामल प्रति २० किलो १७ सय, हुलास प्रिमियम बास्मति चामल प्रति २० किलो २७ सय ३५ रुपैयाँमा उपलव्ध गराउने घोषणा पनि आरके सिटी सेन्टरले जनाएको छ । उसले फेसबुक मार्फत वा टेलिफोन मार्फत अर्डर गर्न सकिने जानकारी दिएको छ ।
धेरै राम्रो काम गरेको हो