विराटनगर । मोरङ र सुनसरी जिल्लाका २ स्थानबाट नियन्त्रित लागुऔषधसहित ३ जना पक्राउ परेका छन् ।
आइतबार राति जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका १५ का २२ वर्षीय निशान लिम्बूलाई लागुऔषधसहित पक्राउ गरेको छध ।
लिम्बूलाई नटफिन ५० पिस, डाईजोल्याप ५० पिस र एभिल ५० पिससहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । यसैगरी लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ बाट २ जनालाई पक्राउ गरेको छ ।
प्रहरी टोलीले को ३५ प ६४१८ नम्बरको मोटरसाईकलमा सवार रहेका भोक्राहा नरसिंह गाउँपालिका ४ का २४ वर्षीय अरुण यादव र सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ का २० वर्षीय विवेक यादवको साथबाट लागुऔषध बरामद गरेको हो । प्रहरीले नाईट्रोभेट ७५० क्याप्सुल, स्पास्मोप्रोक्सिवन ११६० क्याप्सुल र डाईलक्स डि.सी. १०० एम.एल.को २९ बोतल बरामद गरेको छ ।
लागुऔषधसहित पक्राउ परेका तीनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।