लोड हुँदैछ...

मेनु

झापामा फेरी भेटियो खैरो हिरोइन

झापामा फेरी भेटियो खैरो हिरोइन

झापा । झापामा लागूऔषध ब्राउन सुगरसहित फेरी एक जना पक्राउ परेका छन् ।

झापा बिर्तामोड नगरपालिका ८ का ३८ वर्षीय बमबहादुर तामाङ शनिबार पक्राउ परेका हुन् ।

तामाङलाई ४ ग्राम १३० मिलिग्राम खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको हो । तामाङको विषयमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

पछिल्ला केही सातादेखि झापामा खैरो हिरोइनको कारोबार बढेको छ । खैरो हिरोइनको कारोवारमा पक्राउ पर्नेमा अधिकांश झापालीहरु देखिनुले झापामा संगठितरुपमा लागू औषधको व्यापार भइरहेको आशंका प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।