कोसेली घरमा मास्क उत्पादन

इटहरी । कोरोना भाइरस (कोभिड–१९) को त्रासले बजारमा मेडिकल मास्क अभाव भएसँगै सुनसरीको इटहरीमा रहेको कोसेली घरले मास्क उत्पादन सुरु गरेको छ ।

बजारमा मास्क पाउन छोडेपछि कोसेली घर आफैले दैनिक ज्याला दिएर ४ जना महिलालाई मास्क बनाउने कार्यमा लगाएको सञ्चालक रञ्जु सिग्देलले बताउनुभयो ।

चार दिनमा एक हजार बढी मास्क उत्पादन गरिएको छ । मास्स दुईपत्र भएको कटनको कपडाले बनेकाले लगाउन सजिलो हुने र अन्य बजारमा अहिले मास्कभन्दा सस्तो रहेको कोसेली घरले जनाएको छ । बजामरा २० रुपैयाँ पर्ने मास्क ५० देखि १०० रुपैयाँमा बिक्री भइरहेकोले २० रुपैयाँमै बेच्नेगरी मास्क बनाएको सिग्देलले बताउनुभयो ।

बजारमा मास्कको बजार बढे थप उत्पादन गर्ने योजना रहेको छ । नोबेल कोरोनाको त्रास साथै सामान्य रुघाखोकी लाग्दा, धूलोधूवाँबाट बच्न पनि मास्क प्रयोग हुन थालेको छ । भीडभाड रहने भएकाले विद्यार्थीले बढी मास्क प्रयोग गरेका छन् ।

आइतबार, ०२ चैत, २०७६, बिहानको ०७:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर