मिर्गौलापीडित पाण्डेलाई सहयोग

विराटनगर । विराटनगर ९ घर भएका ४४ वर्षीय होटल व्यावसायी नेत्रबहादुर पाण्डेको उपचारार्थ विराट होटल व्यावसायी संघ विराटनगरले आर्थिक सहयोग गरेको छ ।

विराट होटल व्यावसायी संघका सदस्यसमेत रहेका पाण्डेको मिर्गौला काम नलाग्ने भएपछि उपचारको लागि होटल व्यावसायीहरले आर्थिक सहयोग गरेका हुन् ।

एक वर्षदेखि दुबै किड्नी फेल भइ काठमाडांैमा रहेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचार गराइरेका पाण्डेलाई व्यावसायीहरुले १ लाख १३ हजार ४ सय ६० रुपैयाँ सहयोग गरेका हुन् । विरामीका आमा पदमकुमारी पाण्डेको सो रकम हस्तान्तरण गरेको संघका अध्यक्ष विजय प्रसाइले जानकारी दिनुभयो ।

हङकङ्गमा बसोबास गर्दै आएका नेपाली प्रवासी र विराटनगरका कमल लामा मिलेर पाण्डेलाई थप २३ हजार रुपैयाँ सहयोग गरेका छन् ।

शनिबार, ०१ चैत, २०७६, दिउँसोको ०२:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर