मास्क उत्पादन गर्दै महिलाहरु

दमक । बजारमा माक्सको अभाव भइरहँदा झापाको दमकका महिलाको सामाजिक संस्था सुन्दर समाज नेपालले मास्क उत्पादन शुरु गरेको छ ।

उद्योग वाणिज्य सङ्घ दमकसँगको समन्वयमा संस्थाले दैनिक छ जनाले मास्क उत्पादन गरिरहेको समाजका उपाध्यक्ष लक्की सिटौलाले बताउनुभयो ।

दैनिक ५०० बढी मास्क उत्पादन गरिरहेपनि माग उच्च रहेको छ । मास्क होलसेलमा प्रतिगोटा १५ रुपैयाँको दरले बिक्री भइरहेको छ । व्यवसायीले सर्वसाधारणलाई २५ रुपैयाँभन्दा बढीमा बिक्री गर्न नपाउनेगरी आग्रह गरिएको सिटौलाले जानकारी दिनुभयो । मागअनुसार थप उत्पादन बढाइने बताइएको छ ।

समाजबाट उत्पादित मास्क विपन्न परिवारलाई निःशुल्क उपलब्ध गराउने तथा मास्क बिक्रीबाट हुने नाफाबापतको रकम आश्रम आश्रित विपन्न तथा अनाथ बालबालिका, ज्येष्ठ नागरिकको सहयोगमा खर्च गरिने समाजले जनाएको छ ।

शनिबार, ०१ चैत, २०७६, दिउँसोको ०१:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर