सीमा क्षेत्रमा हेल्पडेक्स स्थापना

विराटनगर । छिमेकी देश चीनबाट शुरु भएको कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट जोगिन भारतसँग सिमा जोडिएको सुनसरीको देवानगंज गाउँपालिकाको को उवाँखोज छोटी भन्सार र सहेवगंज छोटी भन्सारमा हेल्प डेक्स स्थापना गरिएको हो ।

बिहीबार देवानगंज गाउँपालिकाले एक कार्यक्रको आयोजना गरि भारतसँग सीमा जोडिएको नाकाहरुबाट देवानगंज भित्रिने प्रमुख प्रवेशद्वारमा हेल्पडेक्स स्थापना परेको हो ।

कोरोनावारे वडास्तरमा पनि सचेतना कार्यक्रम गर्नुका साथै आवश्यकता अनुसार सीमा सुरक्षा पौष्टमा कार्यरत सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगको सहकार्यमा हेल्प डेक्सलाई व्यवस्थित गरिने

गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले बताउनुभयो । कार्यक्रममा देवानगंज गाउँपालिकाका स्वास्थ्य संयोजक उमेशप्रसाद मेहताले कोरोना भाईरसले विश्वभर विकराल रुप लिएकाले यसबाट सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मास्कसमेत वितरण गरिएको गाउँपालिकाका योजना प्रमुख प्रसन्नधोज कार्कीले बताउनुभयो ।

बिहिबार, २९ फागुन, २०७६, रातीको ०८:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर