पथरीशनिश्चरेमा नारी दिवस

शनिश्चरे । ११०औं विश्व नारी दिवस पथरीशनिश्चरे ४ का महिलाहरुले विविध कार्यक्रम गरी मनाएका छन् । आइतबार उनीहरुले एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान र खेलकुद प्रतियोगिता गरी मनाएका हुन् ।

महिला सीप विकास नारी दिवस तथा ढाका तान उद्यमी समितिको आयोजनामा आइतबार सम्झना चोकमा शुभकामना आदान प्रदान तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । पवित्रा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले महिलालाई सशक्त रूपमा अघि बढ्न आह्वान गर्नुभयो ।

जेष्ठ नागरिक समन्वय समिति संयोजक भोला रिजालले मार्च ८ का दिन मनाइने नारी दिवस राजनीतिक अधिकार प्राप्तिको आन्दोलनबाट सुरू भएको बताउनुभयो । संयुक्त वडास्तरीय महिला सञ्जालकी कोषाध्यक्ष फुलमाया तामाङले नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन रहेको बताउनुभयो ।

शुभकामना आदान प्रदानपछि भएको म्युजिक चेयरमा योगमाया ढुंगाना प्रथम, कौशिला बस्नेत दोस्रो र अम्बिका मगर तेस्रो भएका थिए । त्यस्तै हण्डिफोर तर्फ पनि योगमाया ढुंगाना प्रथम भएकी थिइन् । विजयीहरुलाई कार्यक्रमका प्रमुख अतिथि, वडा सदस्यहरु अम्बरबहादुर बराईली, खड्ग सुस्लिङ मगरले पुरस्कार प्रदान गरेका थिए ।

आइतबार, २५ फागुन, २०७६, रातीको ०८:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर