विराटनगर । लियो क्लब अफ विराटनगर इनोभेटिभ र न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड हस्पिटल विराटनगरको संयुक्त आयोजनामा लेडि रोड रन—२०२० सम्पन्न भएको छ ।
विराटनगर ९ स्थित मदर एण्ड चाइल्ड अस्पतालबाट शनिबार सञ्चलन भएको रोड रन सोहि ठाउँमा पुगेर समापन भएको थियो ।
लेडी रोेडरनको उद्घाटन न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल र तुलसा मदर एण्ड चाइल्ड अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्यूरोलोजिष्ट डा.बिरेन्द्रकुमार बिष्ट तथा लायन्स क्लबका डिष्ट्रिक गभर्नर इन्द्र खत्री राजनले संयुक्त रुपमा गर्नुभयो । दौडपछि आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको पनि सहभागिता थियो ।
हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले नारी दिवसको महिमा अथवा यथार्थता, कुनै नारी वर्ग विशेषप्रति मात्र लक्षित नभएर प्रगतिपथको अभियान रहेको बताउनुभयो । कार्यक्रममा अस्पतालका वरिष्ठ गाइनोक्लोजिष्ट डा.सुभद्रा अग्रावालले पाठेघर क्यान्सरबारे सचेतनात्मक अभिव्यक्तिद्वारा सचेत पार्नुभयो ।
वरिष्ठ विशेषज्ञ फिजिसियन डा.अग्रज उप्रेतिले कोरोना भाइरस सम्बन्धी सचेतनामुलक धारणा राख्नुभएको थियो । कार्यक्रममा लायन्सका डिष्टिक्ट्रक गभर्नर इन्द्र खत्री राजन, लायन्स क्लब अफ विराटनगर इनोभेटिभका अध्यक्ष मिना ढुंगेलसहितको सहभागिता थियो ।