विराटनगर । प्रदेश नं. १ को राजधानी विराटनगरमा १ सय १० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा १५ जना श्रमिक महिलाहरुलाई सम्मान गरिएको छ ।
प्रदेश नं. १ सामाजिक विकास मन्त्रालय र संयुक्त टे«ड युनियन समन्वय केन्द्रको आयोजनामा भएको कार्यक्रममा शनिबार श्रमिक महिलालाई सम्मान गरिएको हो ।
लामो समयदेखि प्रदेश नं. १ मा सञ्चालित विभिन्न उद्योगधन्दा तथा कलकारखानाहरुमा श्रमजन्य कार्यमार्फत नेपालको उद्योग प्रबद्र्धनमा पु¥याएको योगदानको मुल्यांकन गर्दै उनीहरुलाई सम्मान गरिएको आयोजकले जनाएको छ । उनीहरुलाई प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे र सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सम्मान गर्नुभएको थियो ।
सम्मानित हुनेमा गौरीटोल–५ सुनसरी निवासी यमकला मंग्राती, विराटनगर–१३ निवासी खेदनीदेवी महत्तो, ईलामकी हर्कमाया सार्की, बेलबारी–३ की निर्मला थापा, बुढीगङगा–३ निवासी कागती ऋषिदेव सदा, विराटनगरकी कमला शर्मा र विराटनगर–११ निवासी सितादेवी डोम छन् । यस्तै विराटनगर–१ निवासी अञ्जना श्रेष्ठ, दुहबी–९ निवासी सृजना उराउँ, ईटहरी–२ निवासी बबिता बिष्ट, भोक्राहा–७ निवासी दुलारी देवी, विराटनगर–१ निवासी दुरपतदेवी ऋषिदेव, भद्रपुरकी सुमी हेमरन, निर्मला डंगोल र मेचीनगर–१० की अम्बिका अधिकारीलाई सम्मान गरियो ।
निःशुल्क स्वास्थ्य शिविरको व्यवस्थासमेत गरिएको कार्यक्रममा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, उपसभामुख सरस्वती पोखरेल र उद्योग सङ्गठन मोरङ्गका अध्यक्ष भीम घिमिरेलगायत टे«ड युनियनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।