भारतीय नागरिक तमोरमा बेपत्ता

धरान । भारतबाट नेपाल घुम्न आएका एक भारतीय नागरिक धनकुटाको धनकुटा नगरपालिका ९ स्थित तमोर नदीमा डुबेर बेपत्ता भएका छन् ।

भारतको बिहार राज्यको पुर्णिया घर भई विराटनगरको नोबेल मेडिकल कलेजमा अध्ययनरत २६ वर्षीय भिनित शर्मा नदी किनारमा सेल्फी खिच्न खोज्दा चिप्लिएर झरेपछि बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार शनिबार दिउँसो बेपत्ता भएका उनको खोजी कार्य छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुदर्शन कोइरालाका अनुसार शर्माको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन् ।

यसैबीच सुनसरीको बराहक्षेत्र १ चतरा स्थित कोशी किनारमा बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ । करिव ३०÷३५ वर्षको पुरुष मानिसको लाश स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

शनिबार, २४ फागुन, २०७६, साँझको ०६:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर