विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले सर्वसाधरणहरुलाई विनाकारण भीडभाडमा नजान र सभा समारोह आयोजना नगर्न आग्रह गरेको छ ।
प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै नागरिकलाई होलि नखेल्न, भीडभाड हुने स्थान र कार्यक्रममा सहभागी नहुन आग्रह गरेको छ ।
चीनको वुहान आउटब्रेक भएर फैलिएको कोरोना भाइरसको संक्रमण फैलिनसक्ने खतरालाई मध्यनजर गर्दै प्रशासनले कुनै पनि प्रकारको उत्सव, मेलाका कार्यक्रम आयोजना नगर्न भनेको हो । प्रशासनले कोरोनाको जोखिमाम नेपाल रहेको विश्वस्वास्थ्य संगठनले सूचना गरेकोले यसको फैलावट र संक्रमणलाई मध्यनजर गर्दै सचेत हुन पनि आह्वान गरेको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले विश्व स्वास्थ्य संगठनले भाइरसको संक्रमण फैलिनसक्ने भन्दै चेतावनी दिएको अवस्थामा नागरिकहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको बताउनुभयो ।