विराटनगर । विराटनगरमा अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर ‘इनोभेटिभ लेडि रोड रन २०२०’ हुने भएको छ ।
लियो क्बल अफ विराटनगर ईनोभेटिभ र न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हपिस्पटको विस्तारित शाखा मदर एण्ड चाइल्ड हस्पिटलको सहकार्यमा आइतबार प्रतियोगिता हुने भएको हो ।
अस्पतालले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरि तेस्रो संस्करणको इनोभेटिभ लेडि रोड रन प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा २ सय ५० भन्दा बढी महिलाहरूले भाग लिने कार्यक्रम संयोजक अंकिता कट्टेलले जानकारी दिनुभयो ।
दौड प्रतियोगिता सकिएपछि सचेतनामुलक कार्यक्रम हुने बताइएको छ । प्रतियोगिताको प्रथमले नगद ५ हजार रुपैयाँको साथै १० लाख रुपैँयाको जीवनविमा, द्वितीय हुनेले ३ हजार रुपैयाँ र २ लाख ५० हजार रुपैयाँको जीवनविमा तथा तृतीय हुनेले २ हजार ५ सय रुपैयाँसहित थुप्रै सरप्राइज पुरुस्कारहरु प्राप्त गर्नेछन् । .
दोस्रो चरणमा मदर एण्ड चाइल्ड हस्पिटलका वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.सुभद्रा अग्रवालले महिलाहरूको स्वास्थ्य सम्बन्धी सचेतामुलक कार्यक्रम गरिने भएको छ । यस्तै न्युरो हस्पिटलका वरिष्ठ विशेषज्ञ फिजिसियन डा. अग्रज उप्रेतीले कोरोना भाइरस सम्बन्धी सचेतनामुलक कार्यक्रम गर्ने बताइएको छ ।
मदर एण्ड चाइल्ड हस्पिटलमा स्त्री तथा प्रसुति सेवा सम्बन्धी हरेक शुक्रबार निःशुल्क स्वास्थ्य परीक्षण र ल्याबमा २५ प्रतिशत छुट रहेको अस्पतालले जनाएको छ । न्यूरो हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले स्वस्थ्य समाज निर्माणको लागि न्यूरो हस्पिटलले प्रदेशभरिका बिभिन्न ठाँउहरुमा सचेतनामुलक कार्यक्रम गरिरहेको बताउनुभयो ।