लोड हुँदैछ...

मेनु

पत्रकार पौडेललाई झोराहाटको सहयोग

पत्रकार पौडेललाई झोराहाटको सहयोग

विराटनगर । ब्लडक्यान्सर पीडित पत्रकार कमल पौडेलको उपचारका लागि सहयोग जुट्ने क्रम जारी छ । मोरङको झोराहाट नाट्य समूहले ७ हजार ९ सय रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

नाट्य समूहका तर्फबाट अध्यक्ष भरत गुरागाईं, स्वयम्भुनाथ कार्की, प्रिन्स प्रमोदकुमार ढकाल, मीना श्रेष्ठलगायतले संयुक्त रुपमा पत्रकार पौडेल कार्यरत मकालु टेलिभिजनमा चेक हस्तान्तरण गरेका हुन् । नाट्य समूहले करुणा समाज इनरुवा सुनसरीका सदस्यहरुलाई मालिनी नाटक देखाएर संकलित रकम हस्तान्तरण गरिएको अध्यक्ष भरत गुरागाईंले बताउनुयभो ।

पत्रकार पौडेलको उपचारमा सहयोग जुटाउने अभियान झोराहाट नाट्य समूहले सुरु गरेको र चाँडै संकलित सहयोग रकम फेरि प्रदान गर्ने जनाएको छ । पौडेलको उपचारार्थ देश तथा विदेशबाट सहयोग रकम संकलन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।