लोड हुँदैछ...

मेनु

कृष्णदासद्वारा अदालतमा आत्मसमर्पण

कृष्णदासद्वारा अदालतमा आत्मसमर्पण

इटहरी । आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने ४५ वर्षीय कृष्णबहादुर गिरी कारागार चलान भएका छन् ।
जिल्ला अदालत सुनसरीमा मंगलबार आत्मसमर्पण गरेका सुनसरीको बराहक्षेत्र चतरा स्थित रामानन्दाचार्य सेवापिठका संरक्षक गिरीलाई उच्च अदालत विराटनगरको आदेश अनुसार तत्कालै झुम्कास्थित क्षेत्रीय कारागार चलान गरिएको हो ।

गिरी मंगलबार विहान ११ बजे आफ्ना सहयोगीसहति अदालतमा हाजिर भएका थिए । जिल्ला सरकारी वकिलको कार्यालयका सरकारी वकिल गोकुल निरौलाका अनुसार उनलाई तत्कालै झुम्का कारागार पठाइएको छ ।

जिल्ला अदालतबाट धरौटीमा रिहा भएका गिरीलाई उच्च अदालत विराटनगरले गत माघ १९ गते थुनामा राखेर थप कारबाही अगाडि बढाउन आदेश दिएको थियो । तर, आदेश आउनु अगाडि नै उनी जोगवनी नाका भएर भारततर्फ भागेका थिए । फरार भएको एक महिनापछि उनले आत्मसमर्पण गरेका हुन् ।

गिरीले आफू भारतमा उपचारका लागि गएको र फर्कने क्रममा उच्च अदालतको आदेशको बारेमा जानकारी भएपछि अदालतमा हाजिर भएको निवेदनमा उल्लेख गरेका छन् । गिरीलाई कारागारको ब्लक ए मा राखिएको छ । कारागार चलान हुने क्रममा हिँड्न नमानेका गिरीलाई गाडीमै ब्लक एसम्म पु¥याइएको थियो ।

दीक्षा दिने बहानामा गत कार्तिक ४ गते राति आपूmमाथि बलात्कार गरेको भन्दै एक महिलाले उजुरी दिएकी थिइन् । उजुरी दर्तापछि विरामीको बहानामा करिब एक महिना गिरी विराटनगर अस्पतालमा भर्ना भएका थिए । अस्पतालको क्याबिनमै बसेर हिरासतमा बस्नुपर्ने समय कटाएपछि उनी जिल्ला अदालतबाट ३ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

सुनसरी जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीले ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि गिरी चतरामै बस्दै आएका थिए । उनले आपूmले महिलालाई छुनसमेत नछुने दावी गरेका थिए । तर, महिलालाई फोन गरी आपूmबाट कुकर्म भएको भन्दै बचाईदिन गुहार मागेको अडियो सार्वजनिक भएको थियो ।

जिल्ला अदालतले उनको अडियो स्वीकारोक्तिलाई वास्ता नगरी धरौटीमा छाडेपछि पीडित महिला उच्च अदालत पुगेकी थिइन् । उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले गिरीलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश बदर गरी थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

सोलुको जुबुमा जन्मेका गिरीले आफूलाई महायोगी सिद्धबाबा, अनन्त श्री, जगद्गुरु, आयुर्वेदका ज्ञाता र विद्यावारिधी गरेको बताउँदै आएका छन् । सुनसरी मोरङ सिँचाई आयोजना स्वामित्वमा रहेका बराहक्षेत्रको चतराको १३ विघा जग्गा कब्जा गरेर ८ करोड लागतको १२८ कोठे भवन निर्माण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।