गोग्राहको पूर्वविद्यार्थी मञ्चमा रेग्मी

विराटनगर । गोग्राहा माध्यमिक विद्यालय विराटनगर—४ मा शनिबार आयोजित पूर्वविद्यार्थी भेलाले शेखर रेग्मीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षहरुमा स्वीकृति रेग्मी र रोशन बुढाथोकी, सचिवहरुमा मुरारी दाहाल र शरद घिमिरे, सहसचिवमा गीता पोखरेल र कोषाध्यक्षमा प्रकाशहरि दाहाल चुनिएका छन् ।

सदस्यहरुमा उमा निरौला, रञ्जिता रिजाल, प्रमिला गच्छदार, सुजन दाहाल, रमेशकुमार अधिकारी, बिमल बुढाथोकी, राजेश दाहाल, विशाल पोखरेल, तेजनारायण राजवंशी, गोकर्ण अधिकारी, पुष्पा न्यौपाने, निरु पुडासैनी, हरेराम मण्डल र पुष्पा न्यौपानेलाई चयन गरेको विद्यालयका प्रधानाध्यापक टंकप्रसाद सिटौलाले बताउनुभयो । विद्यालयको सर्वोपरि हितलाई ध्यानमा राख्दै पूर्वविद्यार्थीहरुको भेला आयोजना गरि समिति गठन गरिएको हो ।

भेलामा विद्यालयले पूर्वप्रधानाध्यापकहरु सुश्री मीना जोशी, ज्ञानबहादुर बुढाथोकी र दुखाराम गच्छदारलाई सम्मान गरेको थियो । कार्यक्रममा प्रदेशसभा काँंग्रेसका प्रमुख सचेतक केदार कार्की, प्रदेशसभा सदस्य बिन्दिया कार्की, नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी, विद्यालयका प्रधानाध्यक टंकप्रसाद सिटौला, पूर्वप्रधानाध्यापक वेदकुमार खतिवडा, ज्ञानबहादुर बुढाथोकी, दुखाराम गच्छदार, गुराँस पुस्तकालका सभापति दिपक चाँपागाई, कांग्रेस नेता केदार अधिकारीलगायतको सहभाथिता थियो ।

भेलाले मीना जोशी, ज्ञानबहादुर बुढाथोकी, दुखाराम गच्छदार, सुनिलकुमार पौडेल, टंकप्रसाद सिटौला, केदार अधिकारी, बिन्ध्या कार्की, दिपक चाँपागाई, सुदर्शन भट्टराई, राधाकृष्ण रेग्मी, अशोक रेग्मी, काजीबाबु पोखरेल, सुनिल पाण्डे, सागरकुमार थापा र भोला यादवलाई सल्लाहकारमा मनोनयन गरेको छ ।

शनिबार, १७ फागुन, २०७६, रातीको ०९:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर