नसुल्झिएका इटहरीका तीन काण्ड

इटहरी । २०६४ साल चैत ५ गते सुनसरीको इटहरीले व्यवसायी कैलाश अग्रवाल र श्रीमती कान्तादेवीको बिभत्य हत्या भयो । हत्या भएको १२ वर्ष बितिसकेपनि अभियुक्त अझै पत्ता लाग्न सकेका छैनन् ।

घरभित्रै सुनियोजित ढंगबाट भएको अग्रवाल दम्पत्ती हत्या काण्डले चर्चा चै पाइरह्यो । तर, पीडामा परेका आफन्तहरूले न्याय भने पाएनन् ।

त्योबेला इटहरीमा प्रहरी प्रमुखको रूपमा प्रहरी निरीक्षक बिश्वमणी पोख्रेल थिए । बिभिन्न काण्ड र विवादै विवादले इटहरीको यो हत्याकाण्ड अहिलेसम्म पनि ओझेलमा छ । घटनाको रहश्य र दोषी अझै पत्तो लागेको छैन ।

२०७२ फागुन २० गते इटहरीकै एक बिपन्न परिवारमा हुर्किएकी १४ वर्षीया बालिका सपना भुजेलको विभत्स हत्या भयो । हत्या भएको चार वर्ष बितिसक्दा पनि प्रहरी प्रशासनले अभियुक्तलाई पक्राउ गर्न नसक्दा सपना हत्याकाण्ड पनि त्यत्तिकै ओझेलमा परेको छ ।

नेपाल प्रहरीको अपराध अनुसन्धानमा राम्रो नाम कमाएर चर्चामा आएका तत्कालिन डिएसपी ओम अधिकारीले घटनालाइ नजिकबाट अनुसन्धान गरेको बताउनुभएको थियो । उहाँको पालामा सपना भुजेल हत्याकाण्डका दोषी पत्ता लाग्ने र परिवारले न्याय पाउनेमा आफन्त र नगरवासीको चाहना अझै पुरा भएको छैन ।

२०७४ असार १३ गते इटहरीमा सोच्दै नसोचेको घटना हुनपुग्यो । इटहरी उपमहानगरपालिका–४ मा रहेको अग्र्यानिक रेस्टुरेन्टमा एक महिला मृत अवस्थामा फेला परेकी थिइन् । पोखरीमा डुबेको अवस्थामा फेला परेकी २९ वर्षीया रञ्जु ठकुरीको हत्या भएको भन्दै पूर्वजर्नेल कुमार फुदोङमाथि हिंसात्मक आक्रमण भएको थियो ।
महिलाको धेरैले हत्या भएको दावी गरेपनि प्रहरीले घटना के हो खुलाउन नसक्दा आजसम्म पनि रहस्यमै रहेको छ । त्यतिबेला इलाका प्रहरी कार्यालयमा नयाँ डिएसपी नरेशराज सुवेदी थिए । घटनाको अनुसन्धान सुरू गरेपनि मुख्य चुरो पत्ता लाउन नसक्दा अहिले त्यो पनि त्यतिकै सेलाउन पुगेको छ ।

तीन मुख्य हत्याकाण्डसँगै इटहरीमा सुल्झिन नसकेको अर्काे विवाद अबैध बित्तीय कारोबार हो । इटहरी क्षेत्रमा अहिले पनि अबैध बित्तीय कारोबार गुपचुपमा हुने गरेको पाइएको छ । अबैध बित्तीय कारोबारमै संगलग्न इटहरी रूचि हाडर्वेयरका सञ्चालक अरबिन्द कुमार अग्रवाल २ वर्षदेखि फरार छन् ।

अग्रवालले सर्वसाधरणहरूबाट करिब १० करोड रुपैयाँ डुबाएर फरार भएका हुन् । त्यस्तै बित्तीय कारोबारमै संलग्न अर्का व्यवसायी भुलन जैसवाल पनि २ वर्षदेखि फरार रहेका छन् । उनले इटहरीका सर्वसाधरणबाट करिब १२ करोड रुपैयाँ उठाएर फरार भएका हुन् ।

शुक्रबार, १६ फागुन, २०७६, बिहानको ०७:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर