विश्वविद्यालय सर्ने भएपछि खुसियाली

इटहरी । मोरङको सुन्दरहरैचा स्थित गोठगाउँमा धेरै संरचना भएपनि विराटनगरमा कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालय अब गोठगाउँमै सर्ने भएको छ ।

प्रतिनिधिसभाबाट बुधबार विश्वविद्यालयको कानून संशोधन गर्न बनेको विधेयक पास भएपछि केन्द्रीय कार्यालय गोठगाउँमै रहने निश्चित भएको हो ।

यसअघिको विश्वविद्यालय ऐनमा विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगरमा रहने उल्लेख थियो । विश्वविद्यालय गोठगाउँ सार्न त्यस क्षेत्रका बासिन्दाले माग गर्दै आएपनि विराटनगरमा भाडाको घरमा विश्वविद्यालय संचालन भइरहेको थियो । आफ्नै संरचना हुँदाहुँदै भाडाको घरबाट विश्वविद्यालय चलाएको भन्दै आलोचना भएपछि केही वर्षदेखि भने विश्वविद्यालय पुस्पलाल चौकस्थित जनता क्याम्पसको भवनबाट सञ्चालन भइहरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पेश गर्नुभएको शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०७५ पारित गरेपछि विश्वविद्यालयको कार्यालय गोठगाउँ सर्ने भएको हो ।

गोठगाउँबाटै प्रशासनिक काम सञ्चालन हुने भएपछि स्थानीयवासी पनि खुशी भएका छन् । बुधबार साँझ सुन्दरहरैँचा नगर प्रमुख शिव ढकाल, उपप्रमुख धना तामाङसहितले दिपावली गरेका छन् । नेकपा सुन्दरहरैँचाका अध्यक्ष केदार गुरागाईं, कोशीहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज चापागाईंलगायतले ऐन संशोधनले आपूmहरुको वर्षौदेखिको माग पुरा भएको बताउनुभयो ।

बिहिबार, १५ फागुन, २०७६, रातीको ०९:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर